आयोजनाहरुको संझौता एवं भुक्तानी सम्वन्धि सूचना कार्यकारी अधिकृत ताेकिएकाे सम्बन्धमा नुवाकोट जिल्लामा दश गाउॅपालिका र दुई नगरपालिका कायमगर्ने गरि राजपत्रमा प्रकाशित एकाईहरुको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण योजना तर्जुमा समिति बैठक सम्बन्धमा नुवाकोट जिल्लाका भूकम्प प्रभावितहरुको गुनासो सम्बोधन सम्बन्धमा वार्षिक योजना तर्जूमा कार्यक्रम सम्बन्धमा २०७३ माघ ७ गते अनियन्त्रित भिडले जिविसको कार्यालयमा गरेको तोडफोड र आगजनी को विरोधमा अन्तिम नतिजा प्रकाशन सम्बन्धमा अन्तर्वार्तामा उपस्थित हुने सम्बन्धमा नुवाकोट जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम आ. व. २०७३/०७४ मा विनियोजन भएका आयोजना तथा कार्यक्रमहरु

नुवाकोटको स्थानीय तह पुर्नसंरचना सम्बन्धि मिति २०७३।।८।।१२ गतेको निर्णय अनुसार संशोधित निर्णयहरुः

निर्णयहरुः
गापा, नपा तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगको च नं १९२ मिति २०७३÷०८÷०६ गतेको पत्रानुसार नुवाकोट जिल्लाको नक्सामा भएका त्रुटिहरुका सम्बन्धमा राजनीतिक दलहरुसंग भएको छलफलको आधारमा निम्नअनुसार अन्तिम रुजु गरी स्थानीय तह पुन संरचना प्राविधिक सहयोग समितिले आयोगमा पठाउने निर्णय गरियो ।
क) आयोगवाट छलफलका लागि प्राप्त भएको क्रम संख्या १ मा प्रस्तावित लिखु गापाको वडा नं २ मा साविकको खानिगाउँ गाविसको वडाहरु ५,६,७ र ९ मा ५ नं वडा ६,७,९ संग व्यवहारिक रुपमा जोडिएको र ब्यवहारिक रुपमा  अभ्यास हुन सहज भएकोले सो त्रुटीलाई थप संवोधन गर्न आवश्यक नभएको ।
ख) प्रस्तावित लिखु गा.पाको वडा नं ५ को साविकको थानसिंग गाविसको वडाहरु ५,६,७,८ र ९ मा ८,९ नजोडिएको भन्ने सन्दर्भमा ५,६ र ७ लाइ सोही गापाकै एउटा वडा र ८ र ९ लाई एउटा वडा कायम हुनेगरी प्रस्तावित ककनि गापामा समावेश गर्ने ।
ग) प्रस्तावित वेल्कोटगढी नगरपालिकाको वडा नं १ साविकको गाविस वेल्कोटको वडा नं ४ र ९ नजोडिएको भन्ने सन्दर्भमा ब्यवहारमा ४,९ को भुगोल जोडिएको अवस्था रहेकोले थप निर्णय गर्नु नपर्ने ।
घ) सहज भुगोल सुगमता र प्रशासनिक सहजता कायम हुने आधारमा स्थानीय जनता तथा समुदायवाट केही सुझावहरु आयोग तथा प्राविधिक समिति मार्फत प्राप्त भएको सन्दर्भमा प्रस्तावित दुुप्चेश्वर गा.पा को ४ नं वडाको साविकको वालकुमारी गाविसका लाई एउटै वडा कायम गरी दुुप्चेश्वर गा.पामा समावेश गर्ने ।
ङ) माथिका निर्णयहरुको आधारमा प्रस्तावित स्थानीय तहको संशोधित संरचना प्राविधिक समिति मार्फत आयोगमा प्रस्ताव गर्ने निर्णय गरियो ।

Skip to toolbar