नुवाकोट जिल्लामा दश गाउॅपालिका र दुई नगरपालिका कायमगर्ने गरि राजपत्रमा प्रकाशित एकाईहरुको नक्साहरू कार्यकारी अधिकृत ताेकिएकाे सम्बन्धमा नुवाकोट जिल्लामा दश गाउॅपालिका र दुई नगरपालिका कायमगर्ने गरि राजपत्रमा प्रकाशित एकाईहरुको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण योजना तर्जुमा समिति बैठक सम्बन्धमा नुवाकोट जिल्लाका भूकम्प प्रभावितहरुको गुनासो सम्बोधन सम्बन्धमा वार्षिक योजना तर्जूमा कार्यक्रम सम्बन्धमा २०७३ माघ ७ गते अनियन्त्रित भिडले जिविसको कार्यालयमा गरेको तोडफोड र आगजनी को विरोधमा अन्तिम नतिजा प्रकाशन सम्बन्धमा अन्तर्वार्तामा उपस्थित हुने सम्बन्धमा नुवाकोट जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम आ. व. २०७३/०७४ मा विनियोजन भएका आयोजना तथा कार्यक्रमहरु

संक्षिप्त परिचय

नुवाकोट जिल्ला नेपाल को ७५ अाैं जिल्ला मध्यको एक हो । कुल १,१२१ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको यस जिल्लाको सदरमुकाम बिदुर हो। यस जिल्लामा तादी र त्रिशुली नदीको संगम देविघाट र नुवाकोट ७ तले दरवार जस्ता ऐतिहासिक महत्त्वका ठाउँहरूसमावेश छन्। प्रशिद्ध धार्मिक क्षेत्र गोसाईकुण्ड र मनोरम पर्यटकीय हिमाली भेग लाङटाङ क्षेत्र जाने प्रमुख पर्यटकीय मार्ग रहेको नुवाकोट जिल्ला मल्लकालीन समयमा पश्चिम नेपालको मूल ढोका, नेपाल भोट (तिब्बत) वाणिज्य व्यापारको परम्परागत मुलद्धार पनि रहेको थियो ।

Office
बेलकोट,मालाकोट,धुवाकोट,भैरुमकोट,कालिकाकोट,सल्यानकोट, सिमलकोट, धैबुङकोट,प्यासकोट जस्ता नौ वटा कोट वा किल्लाहरुको संगम भूमिको रुपमा परिचित नुवाकोटलाई गोपालवंश देखिनै नवकोट, नवकोट्य, नवक्वाथ, नौकोटबाट क्रमशः परिमार्जन हुदै हालको नुवाकोट नामाकरण भएको हो ।

Nuwakot_district_location

जिल्लाको वस्तुगत विवरण

१. परिचय
जिल्ला: नुवाकोट
जिल्ला सदरमुकाम: विदुर
अञ्चल: वाग्मती
विकास क्षेत्र: मध्यमाञ्चल

२. सिमाना
पूर्व: काठमाडौं, सिन्धुपाल्चोक
पश्चिम: धादिङ
उत्तर: रसुवा
दक्षिण: काठमाडौं, धादिङ

३. भौगोलिक अवस्थिति
उचाई: समुन्द्र सतहबाट ४५७ मी. देखि ५१४४ मी. सम्म
क्षेत्रफल: ११२१ व. कि.मि.
देशान्तर: ८५ डि देखि ८५ डि ४५” पूर्वसम्म
अक्षांस: २७ डि ४५” देखि २८ डि २०” उत्तरसम्म
आकार: अर्ध चन्द्राकार

४. भौगोलिक वनावट
(क) उच्च हिमाली: २.२ प्रतिशत
(ख) उच्च पहाडी: १४.५ प्रतिशत
(ग) मध्य पहाडी, वेंसीटार: ८३.३ प्रतिशत

५. राजनैतिक विभाजन
निर्वाचन क्षेत्र संख्या: ३
इलाका संख्या: १३
गा.वि.स. संख्या: ६१
न.पा. संख्या: १
जम्मा वडा: ५६०


Skip to toolbar