आयोजनाहरुको संझौता एवं भुक्तानी सम्वन्धि सूचना कार्यकारी अधिकृत ताेकिएकाे सम्बन्धमा नुवाकोट जिल्लामा दश गाउॅपालिका र दुई नगरपालिका कायमगर्ने गरि राजपत्रमा प्रकाशित एकाईहरुको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण योजना तर्जुमा समिति बैठक सम्बन्धमा नुवाकोट जिल्लाका भूकम्प प्रभावितहरुको गुनासो सम्बोधन सम्बन्धमा वार्षिक योजना तर्जूमा कार्यक्रम सम्बन्धमा २०७३ माघ ७ गते अनियन्त्रित भिडले जिविसको कार्यालयमा गरेको तोडफोड र आगजनी को विरोधमा अन्तिम नतिजा प्रकाशन सम्बन्धमा अन्तर्वार्तामा उपस्थित हुने सम्बन्धमा नुवाकोट जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम आ. व. २०७३/०७४ मा विनियोजन भएका आयोजना तथा कार्यक्रमहरु

जिविस नुवाकोटलाई सूचना तथा संचार प्रविधि मैत्री बनाईदै

जिल्ला विकास समिति नुवाकोटले कार्यालयको कामलाई छिटो, छरितो र पारदर्शी बनाउन सिसि टिभी क्यामेरा जडान गरेको छ । कार्यालयको कामलाई आधुनिक प्रविधिको उपयोग गर्दै  जिविसले नागरिकको चाप हुने लेखा, दर्ता चलानी, कार्यालय परिषर र स्टोर कक्षमा सिसिटिभी क्यामेरा जडान गरेको छ।

कार्यालयले सिसिटिभी जडान गरेपछि योजना, सेवाग्राहीको चाप, सेवा प्रवाहको अवस्थाको बारेमा जानकारी हुने भएकाले समयमै सेवाग्राहीले सेवा पाउने विश्वास व्यक्त गरेको छ । यस अघि कार्यालयले सुचना पाटी सञ्चालन गरेर कार्यालयले दिने सेवा, योजना, कार्यालयको बजेट तथा कार्यक्रमलगायतका बारेमा टिभीमार्फत जानकारी दिँदै आएको थियो ।

जिविसमा राखिएको सिसि टिभि क्यामेराको शुभारम्भ नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले गर्नुभएको थियो ।

जिविसले छिट्टै जिविसको एप्स बनाउने तयारी गरेको छ । एन्ड्रोयड मोवाइलमा हेर्न सकिने यो एप्समा जिविसको योजना, बजेट, कार्यक्रम, सेवा घरमै बसेर हेर्न सकिने छ ।

Skip to toolbar